वाइसिएलको केन्द्रीय अध्यक्ष र महासचिव प्रचण्डले चयन गर्ने 

वाइसिएलको केन्द्रीय अध्यक्ष र महासचिव प्रचण्डले चयन गर्ने 

शुक्रबार सुरु भएर शनिबार नेतृत्व चयन गर्ने भनिए पनि नेतृत्वमा सहमति भएको छैन। वाइसियलको अध्यक्षमा सुबोधराज शेर्पाली र सुमन देवकोटाले दाबी गरेका छन्।

अध्यक्षमा सर्वसम्मत नभएको र प्रदेशहरूबाट केन्द्रीय सदस्यहरूको नाम नआएको वाइसियल नेपालका एक सदस्यले बताए। २३१ केन्द्रीय कमिटीको महासचिवमा ज्ञानबहादुर गुरुङ, गणेश बहादुर शाही, नवराज ढुङ्गाना र मिङमा दण्डु शेर्पाले दाबी गरेका छन्। 

अध्यक्ष र महासचिव बाहेकका पदमा विवाद नभएको ती सदस्यले बताए। नेतृत्वमा विवाद भएपछि अध्यक्ष र महासचिव चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन्। ‘सर्वसम्मत रूपमा नेतृत्व चयन हुन सकेन,’वाइसियलका ती सदस्यले उकेरासँग भने,‘अब भोलि प्रचण्डले टुङ्ग्याउनु हुन्छ।’

भदौ १४, २०७८ सोमबार २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।