सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न घरेलु महासङ्घ तयार
नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) सँग सोमबार महासङ्घको सचिवालयमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासङ्घ प्रतिबद्ध रहेको बताएका हुन्।
उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासङ्घको प्रमुख प्राथमिकता रहेको भन्दै उनले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासङ्घले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको बताए।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) बागमती प्रदेश सङ्गठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षण पत्र महासङ्घलाई बुझाएको थियो।
भदौ १४, २०७८ सोमबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।