विभाजित पार्टीमा नलाग्न जनप्रतिनिधिलाई एमालेको निर्देशन

विभाजित पार्टीमा नलाग्न जनप्रतिनिधिलाई एमालेको निर्देशन

काठमाडौँ  : नेकपा एमालेले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेका माधवकुमार नेपाल समूहमा नलाग्न पार्टीका जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ। 

निर्वाचन आयोगले  एमाले छाडेर एकीकृत समाजवादीमा लाग्ने प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई  भदौ २२ सम्म सनाखत गरिसक्नुपर्ने निर्णय गरेपछि एमालेले ’अन्तर पार्टी निर्देशन’ जारी गरेर पार्टी विभाजनविरुद्ध नउभिन  निर्देशन दिएको हो। 

एमालेले पछिल्लो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकको निर्णयसमेत समावेश गरेर निर्देशन जारी गरेको छ।   पार्टी एकताको पक्षमा दृढता पूर्वक उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न पार्टीका नेता र कार्यकर्ताहरूलाई एमालेले निर्देशन मार्फत आह्वान गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको निर्देशनमा विभाजनमा लागेकाहरूलाई पुनः पार्टीमा फर्केमा बिना भेदभाव स्वागत गरिने उल्लेख छ।

साथै एमालेले १० बुँदे कार्यान्वयनका लागि कार्यदल समेत बनाएको छ।

भदौ १४, २०७८ सोमबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।