गगन थापाले गरे महामन्त्रीको उम्मेदवारी घोषणा 

गगन थापाले गरे महामन्त्रीको उम्मेदवारी घोषणा 

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने  घोषणा गरेका छन् । 

 नेपाली कांग्रेस ३० नम्बर वडा कार्यसमिति, काठमाडौले सोमवार आयोजना  गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

 अग्रज नेता तथा कार्यकर्ताको साथ, सहयोग र हौसलाको आधारमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको कार्यक्रममा थापाले बताए। आफू यही   क्षेत्रको जनप्रतिनिधि भएकाले आफ्नै ठाउँबाट उम्मेदवारी घोषणा गरेको उनले बताए। थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा सहयोग गर्न आग्रह गरे।

भदौ १४, २०७८ सोमबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।