बालुवाटारमा सत्ता गठबन्धन नेताको बैठक

बालुवाटारमा सत्ता गठबन्धन नेताको बैठक

काठमाडौँ  : सरकार विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनमा सम्मिलित पार्टीका नेताहरूको बैठक सोमबार बिहान बसेको हो।

 प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरू बैठकमा सहभागी छन् ।

आजको बैठक मन्त्रीपरिषद् बिस्तारमा केन्द्रित रहेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए। खड्काका अनुसार केही दिन भित्रै मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी छ।

सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै सरकारलाई पूर्णता दिएका छैनन्। एक राज्यमन्त्री र चार मन्त्री मात्र सरकारमा सहभागी छन्।

भदौ १४, २०७८ सोमबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।