आज कृष्ण जन्माष्टमी पर्व मनाईंदै

आज कृष्ण जन्माष्टमी पर्व मनाईंदै

काठमाडौं : आज हिन्दु धर्मावलम्बी हरूले कृष्ण जन्माष्टमी मनाउँदै छन्।

भगवान् कृष्ण जन्मेको भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ।

भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ। 

आज देशभरिका कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरू व्रत बसी भगवान् श्रीकृष्णको पूजा–आराधना र भजन कीर्तन गर्छन्।

राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौँ गर्भका रूपमा भगवान् श्रीकृष्णको जन्म भएको जनविश्वास छ।

कुरुक्षेत्रको लडाइँमा अर्जुनको सारथिका रूपमा रहँदा अर्जुनलाई दिइएको उपदेशलाई श्रीमद भागवत गीता हिन्दुहरूको पवित्र धर्म ग्रन्थ हो।

यस अवसरमा पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरूमा विशेष मेला लाग्ने गर्दछ ।

कृष्ण जन्माष्टमीअवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा शुभकामना सन्देश दिएका छन्।

भदौ १४, २०७८ सोमबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।