दिउँसो देशभर हल्का देखि मध्यम वर्षा हुने

दिउँसो देशभर हल्का देखि मध्यम वर्षा हुने

काठमाडौ :  हाल नेपालमा मौसमी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्ष भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम बदली भई हल्का देखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना छ।

राती देशभर सामान्य देखि मध्यम वर्षा हुने विभागले जनाएको छ।

 

भदौ १४, २०७८ सोमबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।