एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण

एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

 ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १७४ जना गरी १ हजार ३८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमणका कारण यो अवधिमा २४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २ हजार २६० जना सङ्क्रमणमुक्त भएका छन्। 

नेपालमा हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ लाख ५९ हजार २२२ पुगेको छ। मृत्यु हुनेको सङ्ख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना सङ्क्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमित ३५ हजार ७९६ जना रहेका छन्। कोरोनाका बिरामीमध्ये ६२५ जना आइसियु र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

भदौ १३, २०७८ आइतबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।