नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल

काठमाडौं :  गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

निर्वाचन आयोगबाट नयाँ दलले औपचारिक रूपमा वैधानिकता पाए पछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई चयन गरेको छ। संसदीय दलका अरू पदाधिकारीहरू भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए।

संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ। समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी छन्। एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० र राष्ट्रियसभाका ७ सांसद छन्। 

बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको छ।

भदौ १३, २०७८ आइतबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।