कर्णाली करिडोरमा जिप दुर्घटना हुदा चालकको मृत्यु
कालिकोट कर्णाली करिडोरको कालिकोट खण्ड स्थित मतडाको उकालोमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शान्नित्रिवेणी गाउँपालिकादेखि लालिघाट बजार आउँदै गरेको क १ ज ३२ नम्बरको जिप आम्तडाको उकालो चढ्ने क्रममा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दुर्घटनामा चालक सान्नीत्रिवेणी गाउँपालिका, रकु घर भएका विक्रम गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते ११ यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए। घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ।
भदौ १३, २०७८ आइतबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।