राप्ती प्रादेशिक अस्पतालका चिकित्सकहरू आन्दोलनमा

राप्ती प्रादेशिक अस्पतालका चिकित्सकहरू आन्दोलनमा

दाङ दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका चिकित्सकहरू आन्दोलित बनेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालो मोसो दल्नेहरूमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका बनेका हुन्। 

सिंहलाई अभद्र व्यवहार भएको  तीन दिन भइसक्दा समेत उनीहरूलाई पक्राउ गरी कारबाही नगरिएको भन्दै स्वास्थ्यकर्मीहरू ले प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरू ले आज बिहान तुलसीपुरमा विरोध प्रदर्शन सहित दोषी माथि कारबाहीको माग गरेका छन्।  

 गत शुक्रवार दिउँसो एमालेको अनेरास्ववियु नेता सर्जन परियार नेतृत्वमा अस्पताल पुगेको समूहले सिंहको कार्यकक्षमै गएर डा. सिंहलाई कालो मोसो दलेको थियो। कालो मोसो दल्न संलग्न समूहलाई अझै कारबाही भएको छैन।  प्रहरीका अनुसार डा. सिंह माथि कालो मोसो दल्नेहरू सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्का लगायत फरार छन्। 

 

डा. सिंह माथि भएको उक्त घटनाको विरोधमा राप्ती प्रादेशिक अस्पतालले इमरजेन्सी बाहेकका सबै उपचार सेवाहरू बन्द गरेको छ। 

 

भदौ १३, २०७८ आइतबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।