बालुवाटारमा देउवा, दाहाल र नेपालको भेट

बालुवाटारमा देउवा, दाहाल र नेपालको भेट

काठमाडौ : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

मन्त्रीपरिषद्लाई पूर्णता दिने सम्बन्धी छलफल गर्न आइतबार बिहान तीन नेताको भएको भेटवार्ता भएको छ।

 भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे केन्द्रित रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। सत्ता गठबन्धन मध्येका माधवकुमार नेपालको नयाँ पार्टीले वैधानिकता पाउन समय लागेकाले प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।

सरकारमा कांग्रेसबाट २ मन्त्री र १ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै छन्। सत्तारुढ गठबन्धनका पाँच दललाई कति कति मन्त्रालय दिने भन्ने टुङ्गो लागेको छैन। सरकारलाई विश्वासको मत दिएको जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ।

 

 

 

भदौ १३, २०७८ आइतबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।