संसदीय दलको नेता छान्दै एकीकृत समाजवादी

संसदीय दलको नेता छान्दै एकीकृत समाजवादी

काठमाडौ : नेकपा एकीकृत समाजवादी पार्टीले संसदीय दलको नेता चयनका लागि संसदीय दलको बैठक बोलाएको छ।

सरकारमा सहभागी हुने निर्णय गरेको समाजवादीले सरकारमा सहभागी हुनु पहिले दलको नेता चयन गर्न लागेको हो। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा समाजवादीका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले जानकारी दिए। 

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बैठक बस्न लागिएको उनले जानकारी दिए। अन्य कसैको पनि दाबी नभएकाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ। 

बैठकले संसदीय दलको प्रमुख सचेतक तथा सचेतक समेत चयन गर्ने पार्टीका एक नेताले जानकारी दिए। नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टी गत भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको हो।

 

भदौ १३, २०७८ आइतबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।