पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध
मेलम्ची : लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ ।
राजमार्गको मेलम्ची नगरपालिका–१३ , फटकशिला रातो पहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाताका कारण पहिरो पन्छाएर सडक सुचारु गराउन नसकिएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र पहिरो क्षेत्रमा जोखिम रहेकाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले आग्रह गरेका छन्।
साउन अन्तिम सातादेखि नै उक्त ठाउँमा निरन्तर माथि बाट पहिरो र तलबाट खोलाले सडक कटान गर्दा पटक पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ।
भदौ १३, २०७८ आइतबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।