कांग्रेसका जिल्ला सभापतिहरूले अनसन तोडे 

कांग्रेसका जिल्ला सभापतिहरूले अनसन तोडे 

बैठकपछि कृष्ण सिटौला नेतृत्वको कार्यदलका नेताहरूले सानेपास्थित केन्द्रीय कार्यालयमा पुगेर माग सम्बोधन गर्ने सहमति गरेपछि जिल्ला सभापतिहरूले अनशन तोडेका हुन्।

सो क्रममा नेता सिटौलाले विवाद कायम रहेका जिल्लाको क्रियाशील सदस्यता समाधानका लागि नेतृत्व तयार रहेको र समितिका तर्फबाट काम भइरहेको बताए। पार्टी महाधिवेशनमा प्रवेश गरिसकेकाले सबैलाई महाधिवेशनमा केन्द्रित हुन उनले आग्रह गरे। 

असन्तुष्ट पक्षका तर्फबाट कांग्रेस काभ्रेका सभापति मधु आचार्यले शीर्ष नेतृत्वले जनाएको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सार्वजनिक भएका सदस्यता सुचीमा पनि समस्या रहेकाले त्यसलाई पनि तत्काल सम्बोधन गर्नुपर्ने आचार्यको भनाई छ। 

संस्थापन पक्षले मनोमानी ढङ्गले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्नेसहित तीन बुँदे माग राखेर पौडेल समूहका जिल्ला सभापतिहरू चार दिनदेखि रिले अनशनमा बसेका थिए।

भदौ १२, २०७८ शनिबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।