कैलालीमा खोलाले बगाउँदा एक जनाको मृत्यु
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिब ९० वर्षकी फूखिया थरुनीको खोलाले बगाउँदा मृत्यु भएको हो।
उनलाई स्थानीय चरेला खोलाले बगाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए।
खोलामा नुहाउने क्रममा फूखिया बगेर बेपत्ता भएकी थिइन्। उनको शव झन्डै सात सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ।
भदौ ११, २०७८ शुक्रबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।