कसैलाई रिटायर्ड गराउन सभापतिको उम्मेदवार बन्न नलागेको निधिको दाबी

कसैलाई रिटायर्ड गराउन सभापतिको उम्मेदवार बन्न नलागेको निधिको दाबी

काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका पार्टी उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानलाई लक्षित गरेर सम्पर्क कार्यालय खोलेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा समूहबाट अलग भएका उनले चुनावी गतिविधि अगाडि बढाउन थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा  सम्पर्क कार्यालय खोलेका हुन्।

सम्पर्क कार्यालय खोलेका निधिले पार्टीका कसैलाई अवकाशमा लैजान आफूले सभापतिमा उम्मेदवारी दिन तयारी नगरेको दाबी गरेका थिए। उनले आफ्नो उम्मेदवारीको लक्ष्य आगामी चुनावमा काँग्रेसलाई बहुमत दिलाउने रहेको दाबी समेत गरे।

शुक्रवार कार्यालय सुरु गर्दै उनले आफूले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको उल्लेख गर्दै आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा काँग्रेसलाई बहुमत दिलाउनु रहेको दाबी गरेका थिए। 

वर्तमान सभापति देउवाले आगामी महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। देउवा दोहोरिने तयारी गरिरहँदा उनकै समूहमा रहेका निधिले पनि सभापतिको उम्मेदवारीको तयारी गरेपछि देउवालाई हराउन उनी सभापतिको उम्मेदवार बन्न खोजेको आरोप लाग्ने गरेको छ। तर उपसभापति निधिले कसैलाई पराजित गर्न वा रिटायर्ड गर्न सभापति हुन नलागेको दाबी गरे।

भदौ ११, २०७८ शुक्रबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।