२४ जनाले चोरी भएका मोटरसाइकल फिर्ता पाए
काठमाडौँ : ट्राफिक प्रहरीले २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको जनाएको छ।
काठमाडौँका विभिन्न स्थानबाट हराएका २० वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिने कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन चोरी घटनालाई न्यूनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको जानकारी दिए।
भदौ ११, २०७८ शुक्रबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।