नारायणगढ –मुग्लिन सडक सञ्चालन
पहिरोका कारण गत रातीदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ।
लगातारको वर्षाको कारण राजमार्गको सेती दोभानमा गएको पहिरोका कारण अवरुद्ध सडक अहिले बिहानबाट सुचारु भएको हो। पहिरोका कारण गए राती साँढे आठ बजे देखी सडक अवरुद्ध भएको थियो।
आज बिहान पाँच बजेबाट पहिरो पन्छाउन थालिएको थियो। पहिरो पन्छाउने काम सकेर बिहान सवा नौ बजे दुईतर्फी यातायात सञ्चालन हुन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए।
पहिरोको कारण रातिदेखि नै सवारी साधन बीच बाटो रोकिँदा यात्रुले सडकमै रात बिताएका थिए।
भदौ ११, २०७८ शुक्रबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।