चाक्सीबारीमा कांग्रेसका पौडेल पक्षीय नेताहरुको बैठक

चाक्सीबारीमा कांग्रेसका पौडेल पक्षीय नेताहरुको बैठक

काठमाडौं : पार्टी महाधिवेशन र क्रियाशील सदस्यता लगायतको विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक बसिरहेको छ।

शुक्रवार बिहान सवा ८ बजेबाट पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरूको बैठक चलिरहेको हो।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरू बलबहादुर केसी, डा. शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन्।

आफू पक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर गरेको रिले अनसन र १४ औँ महाधिवेशनका विषयमा छलफल भइरहेको सहभागी एक नेताले बताए। ती नेताका अनुसार महाधिवेशनमा यो समूहबाट सर्वसम्मत सभापति लगायतका उम्मेदवार बनाउने विषयमा पनि छलफल हुनेछ।

भदौ ११, २०७८ शुक्रबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।