काठमाडौमा आजबाट भेरोशिलको दोस्रो मात्रा खोप दिइने
काठमाडौं : आज देखि तीन दिनसम्म काठमाडौंमा कोरोना विरुद्धको चिनिया खोप भेरोशिलको दोस्रो मात्रा लगाइने भएको छ।
पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक , विश्व विद्यालय र विद्यालयका प्राध्यापकलगायतका लाई आज बाट खोप दिइन लागिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोशिलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप लगाउन लागिएको छ।
दोस्रो मात्रा खोप लगाउन जाने नागरिकले पहिलो मात्रा खोप लगाएको कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने छ।
स्वास्थ्य कार्यालयले एक पटक पनि खोप नलगाएका हरूलाई यो खोप नदिन मातहतका निकायलाई आग्रह गरेको छ।
भदौ ११, २०७८ शुक्रबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।