पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध
फाइल तस्बीर

काठमाडौं : अविरल वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।

गए राति ८ बजे सेती दोभानमा ठुलो पहिरो खसेकाले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।  वर्षा नरोकिएकाले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि राजधानी आउने र राजधानीबाट बाहिरिने यात्रुले गाडी मै रात बिताउनु परेको थियो। यातायात सुचारु हुन नसक्दा राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ।

भदौ ११, २०७८ शुक्रबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।