आज देशभर वर्षा हुने

आज देशभर वर्षा हुने

काठमाडौं : आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठुलो वर्षाको सम्भावना  छ।

काठमाडौं उपत्यकामा पनि आज दिनभर वर्षा हुने महाशाखाले जनाएको छ। काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ।

आज बिहान सूर्योदय ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३१ मिनेटमा हुनेछ।

भदौ ११, २०७८ शुक्रबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।