काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट, ११ जनाको मृत्यु 

काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट, ११ जनाको मृत्यु 

एजेन्सी : अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। 

अमेरिकी रक्षा मन्त्रालयले विस्फोटमा आफ्ना नागरिक पनि परेको बताएको छ। तालिबान अधिकारीले विस्फोटमा ११ जनाको मृत्यु भएको बताए पनि यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। 

विस्फोटमा तालिबान सुरक्षागार्डहरु पनि घाइते भएका छन्।

भदौ १०, २०७८ बिहीबार २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।