गायक जेबी टुहुरेको निधन

गायक जेबी टुहुरेको निधन

कलंकीस्थित आफ्नै घरमा अचानक लडेर बेहोस भएपछि उनलाई मंगलबार अस्पताल लगिएको थियो। मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका बिरामी टुहुरेको बयोधा अस्पतालको सिसियु कक्षमा भर्ना गरी उपचार गरिएको थियो।

टुहुरेको पार्थीव शरीरलाई आज साढे १ बजेदेखि २ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

भदौ १०, २०७८ बिहीबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।