पार्टीमा तानसाही प्रवृत्ति नदेखाउन नेता सिंहको चेतावनी

पार्टीमा तानसाही प्रवृत्ति नदेखाउन नेता सिंहको चेतावनी

मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेता सिंहले पार्टी भित्र कोही तानासाह बन्न खोजे स्वीकार्य नहुने बताएका हुन्। सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेता सिंहले पार्टीभित्र कसैले जबरजस्ती गर्न खोजे सशक्त रूपमा, लोकतान्त्रिक माध्यमबाट प्रतिकार गरेर देखाइदिने बताए।

 क्रियाशील सदस्यता वितरण र नवीकरणमा सभापति देउवाले एक पक्षीय ढङ्गबाट मनोमानी गरेको  आरोप लगाए । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक पार्टीको महाधिवेशन पनि विधि सम्मत ढङ्गबाट  निष्पक्ष र धाँधली रहित हुनुपर्यो  नि’,  उनले भने, ‘विधि,प्रक्रिया र विधान अनुसार सबैलाई समान व्यवहार हुनुपर्यो, क्रियाशील वितरणको प्रक्रिया एकनास हुनुपर्यो।’

उनले देउवाले आफ्नो मान्छेलाई क्राइटेरिया नचाहिने र अन्यलाई जबरजस्ती क्राइटेरिया खोज्ने काम गरेको बताए। क्रियाशील सदस्यतामा जबरजस्ती गरे लोकतान्त्रिक रूपमा कसरी ठिक पार्नुपर्छ भन्ने आफूहरूलाई थाहा भएको उनको भनाई थियो । ‘कांग्रेसको इतिहासमा कस्ता कस्ता तानासाहलाई झारेका छौँ भने पार्टीभित्र कोही तानासाह बन्न खोज्छ भने त्यसलाई पनि सशक्त रूपमा, लोकतान्त्रिक रूपमा के गर्नुपर्छ हामीलाई थाहा छ।’ उनले भने।

क्रियाशील सदस्यताको विवरण यथाशीघ्र सार्वजनिक गरेर निष्पक्ष र धाँधली रहित महाधिवेशन हुनुपर्ने नेतृत्वसँग माग गरे।

भदौ १०, २०७८ बिहीबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।