अध्यादेश ल्याउनु सरकारको बाध्यता : मन्त्री कार्की

अध्यादेश ल्याउनु सरकारको बाध्यता : मन्त्री कार्की

सरकारले ल्याएको अध्यादेश एमाले फुटाउने षडयन्त्र भएको भन्दै आफ्नै पार्टी भित्र आलोचना भइरहेका बेला मन्त्री कार्कीले संसद्को स्थिरताका लागि अध्यादेश ल्याउनु बाध्यता भएको बताएका हुन्।

उनले कुनै राजनीतिक दल फुटाउने भन्दा पनि संसद्को स्थिरता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको जिकिर गरे।

कोसी टप्पु वन्य जन्तु आरक्षण क्षेत्रको बिस्तार र स्थानीयको समस्या बुझ्न निर्वाचन क्षेत्र सुनसरी पुगेका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेकाले मुलुकको निकासका लागि अध्यादेश जरुरी भएको तर्क गरे। कार्कीले सरकार छिट्टै विस्तार हुने पनि बताए। उनले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको स्पष्टीकरण दिएका थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसहितको टोलीले स्थानीयले झेल्दै आएको हात्ती लगायतका जङ्गली जनावरको समस्या समाधान गर्न आवश्यक कार्य योजना अघि बढाउने विषयमा पहल गर्ने स्थानीयलाई आश्वासन दिएको छ।

 

भदौ १०, २०७८ बिहीबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।