एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
एमालेले तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा आज मध्यान्ह १२ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको हो। बैठकले नेकपा एकीकृत समाजवादीमा लागेका केन्द्रीय सदस्यहरूलाई कारबाही गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
तामाङका अनुसार बैठकले स्थायी कमिटीले निर्णय गरेको १० बुँदे कार्यान्वयनलाई अनुमोदन गर्नेछ। बैठकमा स्थायी कमिटीले तोकेको विधान महाधिवेशन र तल्ला कमिटीहरूको अधिवेशनको विषयमा पनि छलफल गर्नेछ।
भदौ १०, २०७८ बिहीबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।