प्रदेश १ मा एमाले संसदीय दलको बैठक बस्दै  : भीम आचार्यलाई मुख्य मन्त्री बनाउने तयारी

प्रदेश १ मा एमाले संसदीय दलको बैठक बस्दै  : भीम आचार्यलाई मुख्य मन्त्री बनाउने तयारी

एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले राजनीतिक दलको औपचारिकता पाएको लगत्तै एमालेले संसदीय दलको बैठक बोलाएको हो। बैठकमा एमाले संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने स्रोतको दाबी छ। एमाले स्रोतका अनुसार राईले राजीनामा दिएपछि माधव नेपाल समूह छाडेर एमालेमा बसेका भीम आचार्यलाई संसदीय दलको नेता चयन गरिनेछ।

संसदीय दलको नेता चयन भएपछि आजै साँझसम्म आचार्यलाई मुख्यमन्त्रीको शपथ खुवाउने एमालेको तयारी छ। ९३ सांसद रहेको प्रदेश नं. १ मा एमालेको ५१ सांसद छन्। पार्टी फुटसँगै बहुमत गुम्ने आंकलन गरिएको छ। 

प्रदेश १ मा एमालेले एकल बहुमतको सरकार बनाउन ४७ सांसदको आवश्यक पर्दछ। प्रदेश १ मा एमाले र एकीकृत समाजवादीमा कति कति सांसद हुन्छन् भन्ने यकिन भएपछि मात्र नयाँ बन्ने सरकारको आयु निर्धारण हुन्छ। प्रदेशमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३ तथा राप्रपा र सङ्घीय लोकतान्त्रिक मञ्चका १– १ सांसद छन्।

 

भदौ १०, २०७८ बिहीबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।