पुनर्निर्माण प्राधिकरणले बाँकी रहेका काम हस्तान्तरण गर्ने
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिदैं पुनर्निर्माणका बाँकी रहेका कामहरूलाई हस्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
प्राधिकरणबाट भएका कामहरूमध्ये बिपद व्यवस्थापनसम्बन्धी कामहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समन्वय, अनुगमन र समग्र कामको व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै निजी आवासहरू, स्वास्थ्य संस्था र सरकारी भवनहरूको पुनर्निर्माणको व्यवस्थापन सहरी विकास मन्त्रालयले गर्नेछ भने विद्यालय, विश्वविद्यालय सम्बन्धित पुनर्निर्माण सम्बन्धित कामहरूलाई शिक्षा मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
भदौ ९, २०७८ बुधबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।