अदालतमा भ्रष्टाचार बढ्नुको कारण अपारदर्शी नियुक्ति र सरुवा बढुवा 

अदालतमा भ्रष्टाचार बढ्नुको कारण अपारदर्शी नियुक्ति र सरुवा बढुवा 

सर्वोच्च अदालतले गठन गरेको समितिले दिएको प्रतिवेदनमा नियुक्ति देखि नै भ्रष्टाचार बढ्नुको कारण अपारदर्शी नियुक्ति र सरुवा बढुवा मुख्य कारण रहेको औँल्याइएको छ। 

न्यायपालिकाको विकृति, विसङ्गति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अनुसार सर्वोच्च अदालतले भदौ १६ गतेदेखि देखि मुद्दाको पेशी गोला प्रथाबाट तोक्ने भएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले भदौ १६ गतेदेखि मुद्दाको पेशी गोला प्रथाबाट तोक्ने निर्णय गर्ने भएको हो। 

न्यायपालिकालाई बदनाम गराउन बार काउन्सिल, सरकारी वकिल, कानुन व्यवसायी लगायत सबै जिम्मेवार रहेको प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनमा न्यायाधीश नियुक्ति देखि नै विृकती सुरु हुने औँल्याइएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 

‘अदालतलको बदनाम गराउन बार काउन्सिलदेखि, सरकारी वकिल, कानुन व्यवसायी, मुद्दाका पक्ष जिम्मेवार देखिएका छन्,’प्रवक्ता दाहालले उकेरासँग भने,‘अदालत अब कडा ढङ्गले जानुपर्छ भन्ने निष्कर्ष छ।’

प्रतिवेदनमा न्यायाधीशको नियुक्ति र सरुवादेखि नै विकृति देखिएको उल्लेख गरिएको उनले बताए।

भदौ ९, २०७८ बुधबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।