म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्ने एक जना पक्राउ, सञ्चालक फरार
काठमाडौँ : काठमाडौँ बालाजुस्थित नेपाल भेन्चर प्रालिका सुपरभाइजर चन्द्रागिरि नगरपालिकाका सुवास खड्का म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा पक्राउ परेका छन्।
प्रालिबाट म्याद गुज्रिएका विभिन्न कम्पनीका उत्पादित बिस्कुटहरू, पास्ता, कर्नफ्लेक्स, सेवाई, लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।
उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन १ थान र लेभल मेट्न प्रयोग हुने केमिकल १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले खड्कालाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौँ पठाएको जनाएको छ।
प्रालिका सञ्चालक काठमाडौँ नयाँ बानेश्वर बस्ने मोरङ घर भएका प्रभात देवको खोजी गरिरहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ।
भदौ ९, २०७८ बुधबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।