ठाकुर नेतृत्वको दललाई १७ कार्यकारिणी सदस्य र १४ सांसदको साथ

ठाकुर नेतृत्वको दललाई १७ कार्यकारिणी सदस्य र १४ सांसदको साथ

काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि तत्कालीन जनता समाजवादी पार्टीका १७ जना कार्यकारिणी सदस्यले आयोगमा सनाखत गरेका छन्।

यसैगरी महन्थ ठाकुर पक्षमा १३ जना प्रतिनिधि सभा र एक जना राष्ट्रिय सभाका गरी १४ जना संघीय सांसदले सनाखत गरेका छन्।

पार्टी दर्ताको लागि १४ जना सङ्घीय सांसद पार्टी दर्ताको लागि सनाखत गर्न आयोग पुगेका थिए।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये १७ जना र संघीय संसद्का ३७ मध्ये १५ जनाले नयाँ दल दर्ताका लागि सनाखत गरेका छन्।  

जेलमा रहेका रेशम चौधरीको पनि नयाँ दलका लागि सनाखत भएको छ। उनकाे सांसदको रुपमा नभई कार्यकारीणी सदस्यको रुपमा जेलबाटै सनाखत भएको हो।

भदौ ९, २०७८ बुधबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।