सुनकोशीमा बस दुर्घटना, २० घाइते

सुनकोशीमा बस दुर्घटना, २० घाइते

काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २० घाइते भएका छन्। स्थानीयका अनुसार २ जना बसले किचिएको अवस्थामा देखिएका छन्।

ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बा३ख ८०३० नम्बरको यात्रुबस सुनकोशी गाउँपालिका–३ स्थित थापागाउँमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा १८ घाइते भएका छन्। बस सडकभन्दा करिब २५ मिटर तल खसेको हो।

बस्नेतका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ३ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ।

विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

भदौ ९, २०७८ बुधबार १२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।