२ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु
योसँगै नेपालमा सङ्क्रमितको संख्या ८ लाख ३१ हजार ९ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस्तै विभिन्न अस्पतालमा उपचार गराइरहेका २ हजार ८६ जना कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किएका स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले जनाएको छ।
कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या ७ लाख २ हजार १८३ जना रहेको मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा थप ३५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ५८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भदौ ८, २०७८ मंगलबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।