लुम्बिनीका पदमुक्त सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

लुम्बिनीका पदमुक्त सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको इजलासले पदमुक्त गर्ने निर्णय खारेज गन माग गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

नेकपा माओवादी केन्द्र छोडेर एमालेमा लागेका न्यौपाने र पन्थीलाई चैत्र २२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो। 

सर्वोच्चले एमाले अध्यक्षले चैत १३ मा जारी गरेको अन्तरपार्टी निर्देशनमा न्यौपाने र पन्थी एमालेको केन्द्रीय कमिटी सदस्य रहेको देखिएको उल्लेख गरेको छ।

यही प्रकृतिको प्रभु शाह, लेखराज भट्टको निवेदनमा जस्तै यो रिटमा पनि अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेको हो।

भदौ ८, २०७८ मंगलबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।