कुलमानलाई नियुक्ति गर्ने निर्णयको सक्कल फायल पेस गर्न सर्वोच्चको आदेश
प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने निर्णय र हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशेष सदस्य पदको नियुक्ति सम्बन्धी सक्कल फायल पेस गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आदेश दिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले साउन २५ घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय, विद्युत् प्राधिकरण सञ्चालक समितिको ८६९ औँ बैठकको निर्णय र हितेन्द्र देव शाक्य र प्राधिकरणबीच भएको सम्झौताको सक्कल फायल ३ दिनभित्र पेस गर्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।
शाक्यले आफू बहाल रहँदारहँदै घिसिङलाई गरिएको नियुक्ति कानुन विपरीत रहेकाले खारेज गर्न माग गरेर सर्वोच्चमा रिट दायर गरेका थिए।
भदौ ८, २०७८ मंगलबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।