कांग्रेस जिल्ला सभापतिहरू पार्टी कार्यालयमा धर्नामा

कांग्रेस जिल्ला सभापतिहरू पार्टी कार्यालयमा धर्नामा

सदस्यता विवाद सुल्झाएर क्रियाशील सदस्यको नाम सार्वजनिक गर्न अल्टिमेटम दिएको समय सकिँदा सम्म नाम सार्वजनिक नभएको भन्दै सभापतिहरू धर्नामा बसेका हुन्।

विवाद सुल्झाएर क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्नुपर्ने, क्रियाशील सदस्यतामा त्रुटि भए त्यसलाई सच्याउने समय दिनुपर्ने, जिल्ला सभापति उम्मेदवार बन्नका लागि सबै जिल्लामा विधान अनुसारको व्यवस्था गरी निर्वाचन निर्देशिका सच्याउनुपर्ने लगायतका माग राखेर धर्नामा बसेको सिन्धुपाल्चोक सभापति विकास लामाले जानकारी दिए।

लामाका अनुसार २३ जिल्लाका पार्टी सभापतिको धर्नामा उपस्थिति छ।  

 

भदौ ८, २०७८ मंगलबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।