तेस्रो धारका नेतासहितको एमाले स्थायी कमिटी बैठक बस्दै

तेस्रो धारका नेतासहितको एमाले स्थायी कमिटी बैठक बस्दै

माधव नेपाल समूह छाडेर एमालेको मूल धारमा फर्कन लागेका तेस्रो धारका नेता सहित १० बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गर्न मङ्गलवार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो।

  मङ्गलवार बिहान ११ बजे तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार यो बैठकमा यसअगाडि कार्यदलले सहमति गरेका १० बुँदेलाई कार्यान्वयनमा ल्याउनेबारे छलफल हुनेछ। सोमबार अध्यक्ष केपी  ओलीको निवास बालकोटमा अध्यक्ष ओली र माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटीका सदस्यहरूबिच १० बुँदे कार्यान्वयन गरेर एक साथ अघि बढ्ने सहमति भएको थियो। सोमवारको सहमति अनुसार  स्थायी कमिटी बैठक बोलाइएको हो।

 

भदौ ८, २०७८ मंगलबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।