कांग्रेस जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने

कांग्रेस जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने

त्रुटि सच्याएर क्रियाशील सदस्यको नामावली समयमा सार्वजनिक गर्न पार्टीलाई दिएको अल्टिमेटमको समय सकिएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा आज ११ बजे धर्ना दिन लागेका हुन्।

यसअघि जिल्ला सभापतिहरूले साउन ७ गते भित्र त्रुटि सच्याएको क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न केन्द्रीय समितिलाई अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिएको समय सकिएकाले धर्ना बस्न लागेको कांग्रेस काभ्रेका सभापति मधु आचार्यले बताए। 

सभापतिहरूले विधान अनुसार जिल्ला सभापतिको निर्वाचनमा एकरूपता अपनाउनु पर्ने माग राखेको सिन्धुपाल्चोक सभापति विकास लामाले जानकारी दिए। क्रियाशील सदस्यतामा भएको त्रुटि सच्याउने समय दिनुपर्ने समेत माग रहेको लामाले बताए।

 सभापति हुन महाधिवेशन प्रतिनिधि अनिवार्य हुनु पर्ने प्रावधानलाई एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा क्षेत्रीय प्रतिनिधि मात्र भए पनि सभापतिमा चुनाव लड्न पाउने व्यवस्था गरिएको छ।

भदौ ८, २०७८ मंगलबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।