धेरै स्थानमा वर्षा हुने 

धेरै स्थानमा वर्षा हुने 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ उपत्यकामा सामान्य वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रह्यो। दिउँसोको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बिच रहने महाशाखाले जनाएको छ।

आज बिहान सूर्योदय ५ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ।

 

भदौ ८, २०७८ मंगलबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।