पेट्रोलियम पदार्थको मूल्य वृद्धिको नेवि सङ्घद्वारा विरोध
सङ्घका महामन्त्री बलदेव तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीको प्रत्यक्ष असर भोगिरहेका उपभोक्तालाई थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै विरोध जनाएका हुन्।
उनले विज्ञप्ति मार्फत सर्वसाधारणलाई आहतको बेला राहत दिनुपर्नेमा मूल्यवृद्धिले उनीहरूको चुल्हो बन्द गराउने बाटोमा निगम लागेको आरोप लगाएका छन्। ‘स्वचालित मूल्य प्रणालीको हवाला दिए पनि कालो बजारी र चुहावट नियन्त्रण, सङ्कटको समयमा प्रयोग गर्न मिल्ने सञ्चित रकमको उपयोग नगरी महामारीकै बिच पटक पटक मूल्य वृद्धि गरिएको छ’, तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सरकारलाई उक्त मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछु।’
निगमले सोमवार राती देखि लागु हुने गरी पेट्रोल, डिजेल, हवाई इन्धन र मटितेलमा २–२ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ मूल्य बढाएको थियो।
भदौ ८, २०७८ मंगलबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।