चन्द्रागिरिमा नेपालले बाँडे प्रस्तावित पार्टीको विधान
निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा रहेका केन्द्रीय सदस्य र सांसदहरूलाई अध्यक्ष नेपालले सोमबार राति पार्टीको राजनीतिक लाइनबारे जानकारी दिए।
प्रस्तावित विधानमा सामाजिक-आर्थिक-सांस्कृतिक रुपान्तरणमार्फत् नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुने उल्लेख छ। नीति वैज्ञानिक समाजवाद लिइएको छ।
पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद राखिएसँगै जनताको बहुदलीय जनवाद नअपनाउने देखिएको छ।
चन्द्रागिरि जानू अगाडि नेपालले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए। सोमवारै मध्यमार्गी मानिएका नेपाल निकट प्रभावशाली नेताहरू एमाले अध्यक्ष केपी ओलीसँगै रहन सहमत भएका थिए।
चन्द्रागिरि पुगेर नेपालले पार्टी एकताको भ्रममा नपर्न अपिल जारी गरेका थिए भने आफू निकट नेताहरूलाई एमाले कम्युनिस्ट पार्टी नरहेको बताएका थिए।
भदौ ८, २०७८ मंगलबार ००:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।