देउवा र पौडेलले बुझे क्रियाशील सदस्यताको प्रतिवेदन
पूर्वमहामन्त्री कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले देउवा र पौडेललाई विवाद बाँकी नै राखेर प्रतिवेदन बुझाएका हुन्।
देउवा र पौडेललाई बुझाएको प्रतिवेदनमा कांग्रेसको १४ औँ महाधिवेशनमा अरू पार्टीबाट प्रवेश गरेर क्रियाशील सदस्यता पाएकाले भाग लिन पाउने न्यूनतम आधार तयार गर्नु पर्ने भनिएको छ।
क्रियाशील सदस्यताको आधार मापदण्ड सहित प्रतिवेदन बुझाइएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।
‘सप्तरी र बाराको विवाद सभापति र वरिष्ठ नेताले समाधान गर्ने गरी प्रतिवेदन बुझाइएको जानकारी छ,’पौडेलले भने,‘कांग्रेसको क्रियाशील सदस्यता ८ लाख ५३ हजारको हाराहारीमै हुन्छ।’
भदौ ७, २०७८ सोमबार २२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।