पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

निगमले भदौ ७ गते मध्यरात देखि लागु हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ। अब पेट्रोलको नयाँ मूल्य १३० रुपैयाँ कायम गरेको आयल निगमले जनाएको छ।

यस्तै डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

यस्तै निगमले १४२५ रुपैयाँ रहेको खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ भाउ बढाएर १४५० रुपैयाँ पुर्याएको छ। 

निगमले हवाई इन्धनको मूल्य समेत बढाएको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलो लिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलो लिटर तोकेको छ। 

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपि ग्याँसमा प्रति सिलिन्डर ४२०.७५ रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

भदौ ७, २०७८ सोमबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।