कांग्रेसमा क्रियाशील सदस्यता विवाद : पार्टी कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिने
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले मंगलबार पार्टी धर्ना र बुधबारदेखि अनसन नै सुरु गर्न लागको बताएका छन्।
पार्टीको १४ औँ महाधिवेशनको वडा तहको अधिवेशन सुरु हुनै लाग्दा समेत सदस्यताको नामावली सार्वजनिक नगरेकाले पार्टी कार्यालयमा मंगलबार बिहान ११ बजे धर्ना दिने कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले जानकारी दिए।
वडा तहबाट निर्णय भएर आएका नामहरू हटाउने, ठाडै केन्द्रबाट जथाभाबी नामहरू थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरू इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न धर्ना दिन लागेको सभापति आचार्यले बताए।
प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न जिल्ला सभापतिहरूले माग गरेका छन्।
क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रूप प्रदान गर्न पनि उनीहरूले भनेका छन्।
भदौ ७, २०७८ सोमबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।