आरक्षण माग्दै पूर्व सुरक्षाकर्मीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र 

आरक्षण माग्दै पूर्व सुरक्षाकर्मीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र 

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पूर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्रीसमक्ष बुझाएको जानकारी दिएको हो।

लोकसेवा आयोगबाट सुरक्षा निकायहरू लगायत राज्यका हरेक निकायमा कर्मचारीहरू नियुक्त गर्दा सुरक्षाकर्मीका आश्रित परिवारलाई १० प्रतिशत आरक्षणको व्यवस्था गर्नु पर्ने माग परिषद्ले गरेको छ। 

त्यस्तै १६ वर्षमा नै निवृत्तिभरण लिएमा सोही मितिबाट पेन्सन पाउने व्यवस्था गरिनुपर्ने, सुरक्षाकर्मीको आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था गर्नुपर्ने, पायक पर्ने स्थान विशेषमा भएका अन्य बैङ्कहरूबाट समेत निवृत्तिभरण रकम भुक्तानी गर्ने वैकल्पिक व्यवस्था हुनुपर्ने माग पनि अघि सारिएको छ।

पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय अध्यक्ष केवी राउतले पूर्व सुरक्षाकर्मीको हकहितको पक्षमा प्रधानमन्त्रीसमक्ष राखिएको मागबारे जानकारी दिए। 

भदौ ७, २०७८ सोमबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।