राष्ट्रपतिलाई भेटेर माधव नेपाल पुगे चन्द्रागिरि रिसोर्ट
निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका नेपाल सहितका नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरि रिसोर्ट पुगेका हुन्।
राष्ट्रपति भण्डारीलाई भेटेर नेपालसहितका नेता चन्द्रागिरि रिसोर्टमा छलफलका लागि पुगेका नेपालको निजी सचिवालयले पुष्टि गरेको छ।
आयोगले दल दर्ताका लागि बुधबार नेताहरूलाई सनाखतका लागि बोलाएको छ। नेपाल सहितका नेताहरू रिसोर्टबाट सिधै सनाखतका लागि आयोग आउने तयारी गरेर एकान्तबासमा गएका हुन्।
भदौ ७, २०७८ सोमबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।