पोखरामा सडक भासियो

पोखरामा सडक भासियो

पोखरा : अविरल वर्षाका कारण पोखराको महेन्द्र पुल नजिक सडक भासिँदा स्थानीय त्रसित बनेका छन्।

महेन्द्र पुलको गरिमा विकास बैंक नजिकै सडक करिब ५ मिटर भासिएपछि थप क्षति हुने आशङ्कामा स्थानीय त्रसित बनेका हुन्। भासिएको सडकमा भ्वाङ परेको र आकाश बाट परेको पानी त्यहीँ बाट गएकाले सडक अझै भासिन सक्ने त्रास बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए। 

डिएसपी हमालका अनुसार अहिले सडकको पानीलाई अन्यत्र तर्काउने र भासिएको ठाउँमा ढुङ्गा भर्ने प्रयास भइरहेको छ। लगातार भइरहेको वर्षाका कारण काम गर्न कठिनाइ भएको हमालले बताए।

 

भदौ ७, २०७८ सोमबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।