आजको मौसमः देशभर सामान्य बदली, केही स्थानमा वर्षा

आजको मौसमः देशभर सामान्य बदली, केही स्थानमा वर्षा

काठमाडौँ  : मनसुनी वायुको न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको कारण अहिले देशभर सामान्य बदली रहेको छ ।

आज बिहानैदेखि   प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकामा गए रातीदेखि भइरहेको वर्षा दिउँसो पनि जारी रहने महाशाखाले जनाएको छ। काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बिच रहने महाशाखाले जनाएको छ।

आज बिहान सूर्योदय ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा हुनेछ । 

भदौ ७, २०७८ सोमबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।